समाज


जेनजी प्रदर्शनमा घाइतेको संख्या ४२२ पुग्यो, यी अस्पतालमा उपचार हुँदै

जेनजी प्रदर्शनमा घाइतेको संख्या ४२२ पुग्यो, यी अस्पतालमा उपचार हुँदै

नेपालखबर
भदौ २३, २०८२ सोमबार २१:१३, काठमाडौँ

सोमबार भएको जेनजी प्रदर्शनमा ४२२ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी र निजी गरी १४ अस्पतालमा ४२२ जना घाइतेहरूको उपचार भइरहेको छ। 

मन्त्रालयमा अनुसार सबै भन्दा बढी निजामति कर्मचारी (सिभिल) अस्पतालमा १७० जना घाइतेहरूको उपचार भइरहेको छ। सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ। 

ट्रमा सेन्टरमा ५९ जनाको उपचार भइरहेको छ। मन्त्रालयले ट्रमा सेन्टरलाई विपद् योजना बनाएर आकस्मिक विरामीलाई हेर्न निर्देशन दिएको छ। 
वीर अस्पतालमा १० जना घाइतेहरूको उपचार भइरहेको छ। 

एभरेष्ट अस्पतालमा १०३ जनाको उपचार भइरहेको छ। मन्त्रालयका अनुसार एभरेष्ट अस्पतालमा ३ जना घाइतेको मृत्यु भएको छ। 

पाटन अस्पतालमा ६ जना घाइते छन्। 

काठमाडौँ मेडिकल कलेज (केएमसी)मा ३१ जनाको उपचार भइरहेको छ।

त्रिवि शिक्षण अस्पतालमा १८ जना घाइतेको उपचार हुँदै छ।  

नर्भिक अस्पतालमा ३ जना घाइते छन् भने अन्नपूर्ण न्यूरोमा ४ जनाको उपचार भइरहेको छ।  

कास्कीमा गण्डकी मेडिकल कलेजमा १ जना र  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ जना घाइतेको उपचार भइरहेको छ।

झापाको दमक अस्पतालमा ७ जना घाइतेको उपचार भइरहेको छ।

सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ र मोरङको विराट मेडिकल कलेजमा ४ जना घाइतेको उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad