समाज


घाइतेको उपचारको लागि रक्तदान गर्न स्वास्थ्य मन्त्रालयको आह्वान

घाइतेको उपचारको लागि रक्तदान गर्न स्वास्थ्य मन्त्रालयको आह्वान

नेपालखबर
भदौ २४, २०८२ मंगलबार ५:२९, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रक्तदानमा सहभागी हुन आम नागरिकमा आह्वान गरेको छ। 

मन्त्रालयले विज्ञप्ति जारी गर्दै हिजो (भदौ २३ गते) मुलुकका विभिन्न स्थानमा भएका प्रदर्शनको क्रममा घाइते भएका नागरिकहरुको उपचारको लागि रगतको माग बढेको भन्दै यस्तो आह्वान गरेको हो। 

इच्छुक रक्तदाता, स्वयंसेवी संघसंस्था संगठन लगायतले केन्द्रीय रक्तसंचार केन्द्र, वा नजिकका अस्पतालमा गएर रक्तदान गर्न सक्नेछन्।

सामाजिक सञ्जालमा गरिएको प्रतिबन्ध, भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले सोमबार गरेको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर काठमाडौँमा १७ र इटहरीमा २ गरि १९ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन्। 

विभिन्न अस्पतालमा उपचाररत घाइतेको उपचारमा रगतको अभाव नहोस् भनेर मन्त्रालयले यस्तो आह्वान गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad