समाज


तोडफोड, लुटपाट र आगजनी गर्नेहरूमाथि सेनाको कारबाही सुरू

तोडफोड, लुटपाट र आगजनी गर्नेहरूमाथि सेनाको कारबाही सुरू

नेपालखबर
भदौ २४, २०८२ मंगलबार २२:५८, काठमाडौँ

नेपाली सेनाले देशका विभिन्न भागमा तोडफोड, लुटपाट र आगजनी गर्नेहरूविरूद्ध कारबाही सुरू गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र आन्दोलनरत समूहकै सहयोगमा सेनाले कारबाही सुरु गरेको हो।

काठमाडौँका केही ठाउँमा लुटापाट र आगजनी गर्नेहरूलाई नियन्त्रणमा लिन थालिएको छ।

नेपालखबरलाई प्राप्त भिडिओ र फोटोहरूमा सेनाको घेरामा परेपछि त्यस्ता उच्छृंखल गतिविधि गरिरहेका व्यक्तिले हात उठाएर आत्मसमर्पण गरेको देखिन्छ।

नेपाली सेनाले उच्छृंखल गतिविधि भए खबर गर्न हेल्पलाइन नम्बर दिएको छ।

देशका विभिन्न भागमा सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड गर्नेहरूमाथि कारबाही गर्न सबै सुरक्षा निकाय र आन्दोलनरत समूहका साथ सेना अघि सरेको छ। 

आफ्नो घर वरपर कुनै उच्छृंखल क्रियाकलाप भएमा तत्काल खबर गर्न सेनाले अनुरोध गरेको छ। जसका लागि नेपाली सेनाको हेल्पलाइन नम्बर ०१-५९७९००० नम्बर दिएको छ। 

अहिले धेरै ठाउँबाट आफ्नो क्षेत्रमा भइरहेका गतिविधिहरुबारे गुनासा र सूचना प्राप्त भइरहेका छन्।

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad