जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट कैदी भाग्न थालेपछि काभ्रेपलाञ्चोकको धुलिखेल कारागामा पनि तनाव भएको छ।
धुलिखेल कारागारका कैदीबन्दीहरू आफूहरू पनि बाहिर निस्कन पाउनुपर्ने भन्दै आगजनी र नाराबाजी गरेका छन्।
कारागारलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ भने अन्य सुरक्षा निकायसमेत परिचालित भएका छन्।
काठमाडौंको सुन्धारालगायतका विभिन्न कारागारबाट ठूलो संख्यामा कैदीहरू बाहिरिएका छन् भने कतिपय कारागारमा तनाव जारी छ।
3
Shares

प्रतिक्रिया