स्रोत नखुलेको रकम र गरगहना लिएर सिरहा जाँदै गरेका युवक काभ्रेको भकुन्डेबेँसीमा पक्राउ परेका छन्। शुक्रबार दिउँसो २ बजेको समयमा काभ्रेस्थित बीपी राजमार्ग हुँदै काठमाडौँबाट सिरहातर्फ जाँदै गरेको बा प्र ०१-००६ ख ९१७३ नम्बरको गाडीलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले जाँच गर्दा नरेशकुमार यादव पक्राउ परेका हुन्।
सिरहा गमरिया नगरपालिका-२ का २८ वर्षका यादवलाई खानतलासी गर्दा उनले बोकेको झोलामा स्रोत नखुलेको ३ लाख ५० हजार ३ सय रुपैयाँ नगद र सुनका गहनासहित पक्राउ परेका हुन्।
उनले १ लाख ६१ हजार ८ सय ८८ रुपैयाँ १२ पैसा बराबरको सुनको तिलहरी, २ लाख ५९ हजार २१ रुपैयाँ बराबरको मंगलसुत्र, ३ लाख ३ हजार ९ सय ७९ रुपैयाँ ६४ मूल्य बराबरको बेरुवा औँठी, ५ लाख १ हजार २ सय ५ रुपैयाँ ६३ पैसा बराबरको तीनवटा सुनको सिक्रीसहिन पक्राउ गरेको काभ्रे प्रहरीले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया