चोरी भएका कम्प्युटर, ल्यापटप, टिभी लगायत सामग्री फिर्ता बुझाउन राष्ट्रपति कार्यालयको आग्रह
राष्ट्रपति कार्यालयले जेनजी आन्दोलनका क्रममा कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टिभी, कुर्सी लगायतका भौतिक सामग्रीहरू कार्यालय परिसरबाट लुटपाट भएको भन्दै फिर्ता बुझाउन आग्रह गरेको छ।
आइतबार सूचना जारी गर्दै राष्ट्रपति कार्यालयले त्यस्ता सामग्री भेटिएमा कार्यालयमा बुझाएर सहयोग गर्न भनेको हो। ‘कसैले राष्ट्रपतिको कार्यालय जि.खा.पा. नं. उल्लेख भएका वा नभएका समान देख्नु भएमा वा भेटाउनु भएमा वा कुनै माध्यमबाट आफ्नो साथमा रहेको भएमा यस कार्यालयमा बुझाई सहयोग गरिदिनुहुन यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएको छ।
सामग्रीहरूको सम्बन्धमा कुनै जानकारी भएमा कार्यालयको सम्पर्क नम्बरहरू वा नजिकको सुरक्षा निकायमा जानकारी दिन वा उपलब्ध गराइदिन आग्रह गरिएको छ।

Shares

प्रतिक्रिया