काठमाडौँ महानगरपालिका–१६ बनस्थली चोकमा आज बिहान टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ।
साेमबार बिहान टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका बा.४६ प ४६०० नम्बरको मोटरसाइकल चालक ललितपुर सातदोबाटो बस्ने ३१ वर्षीय मनिष केसीको मृत्यु भएको प्रहरीले जनाएको छ।
केसीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
दुर्घटनापछि केसीलाई उपचारको लागि स्वयम्भूस्थित मनमोहन अस्पतालमा लगिएको थियो। मोटरसाइकललाई ठक्कर दिएपछि टिपर चालक फरार भएका छन्।
टिपरको नम्बर पनि नखुलेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
1.4k
Shares

प्रतिक्रिया