समाज


मन्त्रीहरुले गरे संसद् भवन र मन्त्री निवासको अवलोकन, घिसिङ भन्छन्- तत्कालको प्राथमिकता सफाइ

मन्त्रीहरुले गरे संसद् भवन र मन्त्री निवासको अवलोकन, घिसिङ भन्छन्- तत्कालको प्राथमिकता सफाइ

नेपालखबर
असोज १, २०८२ बुधबार १८:३८, काठमाडौँ

सरकारका मन्त्रीहरुले जेनजी आन्दोलनका बेला आगजनी गरि क्षतिग्रस्त बनाइएको ललितपुरको भैँसेपाटीस्थित मन्त्री निवासको निरीक्षण गरेका छन्। 

ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङ गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले बुधबार मन्त्री निवास पुगेर त्यहाँको निरीक्षण गरेका हुन्। 

त्यस्तै अर्थमन्त्री रामेश्वर खनाल समेत थपिएर बानेश्वरस्थित खण्डहर अवस्थामा रहेको संसद् भवनको समेत अवलोकन गरेका छन्।

अवलोकनका क्रममा मन्त्री घिसिङले सो भवनलाई पुरानै अवस्थामा ल्याउने गरी तत्कालीन र दीर्घकालीन खालको योजनासहितको कामलाई अघि बढाउने योजना सार्वजनिक गरे। 

घिसिङले भने, ‘यो क्षतिलाई हामीले तत्कालै मूल्यांकन गरेर यसलाई तत्काल र दीर्घकालमा कसरी पुनर्निर्माण गर्ने भन्ने कुरा छ। यसको डिजाइनदेखि लिएर मूल्यांकनसम्म केही समय लाग्छ। त्यसपछि हामी यसलाई पहिले जस्तो थियो त्यही अवस्थामा ल्याउँछौँ। तर, हामी तत्कालै सफाइ गर्नुपर्ने काम चाहिँ हामी तत्कालै गछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad