समाज


नेपाल प्रहरीका ४८ एसपीको सरुवा : जिल्ला इन्चार्ज व्यापक हेरफेर

नेपाल प्रहरीका ४८ एसपीको सरुवा : जिल्ला इन्चार्ज व्यापक हेरफेर

नेपालखबर
असोज १, २०८२ बुधबार २३:१३, काठमाडौँ

सरकारले जेनजी आन्दोलन सेलाउन नपाउँदै प्रहरी कर्मचारीको व्यापक सरुवा गरेको छ। बुधबार सार्वजनिक सूचीमा ४८ जना प्रहरी उपरीक्षकहरू (एसपी) को सरुवा गरिएको हो। सरुवासँगै एसपी इन्चार्ज रहने धेरै जिल्लामा नेतृत्व हेरफेर भएका छन्। 

लामो समयदेखि इन्चार्ज नपाएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसी बाँके सरुवा भएका छन्। मोरङमा कवित कट्वाल, सुनसरीमा केशवकुमार थेबे, सप्तरीमा गौतमकुमार केसी, दाङमा दीपेन्द्र श्रेष्ठ र पाल्पामा दीपेन्द्र पंजियार थारु सरुवा भएका छन्। 

यस्तै नवीन कार्कीलाई जिल्ला प्रहरी कार्यालय कास्की सरुवा गरिएको छ। नरेन्द्र चन्दलाई कैलाली, महेन्द्र नेपाल डोटी, युवराज खड्का पूर्वी नवलपरासी, सन्तोष आचार्य कपिलवस्तु, पर्सामा सुदीपराज पाठक, भक्तपुरमा सूर्यबहादुर खड्का र मकवानपुरमा सुवासचन्द्र बोहरालाई सरुवा गरिएको छ। 

अन्य विभिन्न कार्यालय अन्तरगतका एसपीहरूलाई पनि सरुवा गरिएको छ। 

 

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad