पूर्वमिस नेपाल शृंखला खतिवडाले आफूलाई ‘भ्रष्ट नेताकी छोरी’ भनेर हल्ला फैलाइएकामा आपत्ति जनाएकी छन्।
सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’ ट्रेन्ड र इन्स्टाग्राममा सुरु भएको ‘अनफलो अभियान’बारे बिहीबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै उनले आफूलाई लगाइएको आरोप अस्वीकार गरेकी हुन्।
मिस नेपाल बन्नुअघि विलासी जीवन नभएको उनको भनाई छ।
‘भविष्यमा मेरा छोराछोरीले आमा भ्रष्टाचारी थिइन् भन्ने सुन्नु नपरोस् भन्ने चाहन्छु,’ शृंखलाले भनेकी छन्, ‘म सधैं साधारण जीवन बाँचिरहेकी थिएँ, मिस नेपालपछि मात्रै संसार घुम्ने अवसर पाएँ।’
शृंखलाले आफ्नो अध्ययन र जीवनशैलीबारे सबै तथ्य खुला रहेको जिकीर गरेकी छन्।
उनले अमेरिकाको हार्वर्डको विश्वविद्यालयको पढाइ आफ्नै आम्दानीबाट पूरा गरेको उल्लेख गरिन्। हार्वर्डमा करिब ९६ लाख रुपैयाँ नेपालमै कमाएको पैसाबाट भुक्तानी गरेको उनको भनाई छ।
ब्रान्ड इन्डोर्समेन्टबाट राम्रो आम्दानी हुने उनले बताएकी छन्। ‘एक पोस्टमै साढे ३ लाखसम्म कमाउँछु’ उनले भनिन्।
शृंखलाले आफूलाई जेनजी आन्दोलनले ‘कोलाट्रल ड्यामेज’ बनाएको दुखेसो गरेकी छन्।
असहज अवस्थामा पनि आफूलाई साथ दिनेप्रति उनले आभार प्रकट गरेकी छन्।
Shares

प्रतिक्रिया