समाज


अदालतका २५ हजार मिसिलमा ३ हजार मात्रै सुरक्षित

अदालतका २५ हजार मिसिलमा ३ हजार मात्रै सुरक्षित

नेपालखबर
असोज ५, २०८२ आइतबार १७:१२, काठमाडौँ

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदातल जले पनि न्यायको दीप ननिभेको बताएका छन्।

आइतबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। पालमै भए पनि न्यायको दीप मर्न नदिने अठोटका साथ अदालत अघि बढिरहेको उनको भनाइ छ।

उनले भने, ‘क्षतिका कुरा कति गरौँ? राष्ट्र नै सबै जलेको थियो। नेपाल सरकारका सबै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीनवटै सर्वोच्च निकायहरू जलेका अवस्थामा थिए। त्यो चुनौती अवसरमा बदलेर अघि बढ्नुपर्नेछ। न्यायको दीप निभेको छैन। २९ गतेबाट हामीले नियमित सेवाहरू सुरु गरेका छौँ। देशभरका सबै अदालतबाट न्यूनतम सेवा दिइरहेका छौँ।’

देशभरका सबै अदालतबाट न्यूनतम सेवा दिइरहेको उनको भनाइ थियो। २५ हजार मिसिलमा ३ हजार मात्रै सुरक्षित रहेको जानकारी पनि उनले दिए।

उनले भने, ‘करिब २५ हजार मिसिल थिए। हामीले ३ हजार जति मात्रै मिसिल फेला पारेका छौँ। बाँकी रहेका २२ हजार मिसिलको प्राप्तिमा बार एसोसिएसन, महान्यायाधिवक्ताको कार्यालयबाट सहयोग माग्नेछौँ।’

मुख्य रजिस्ट्रार पौडेलले आइटीको सर्भर रिस्टोर गरेर पूर्ववत् रूपमा सञ्चालन गर्ने तयारीमा सर्वोच्च अदालत रहेको बताए। न्याय सम्पादनमा मनोबल महत्त्वपूर्ण हुने भन्दै मनोबल उच्च राख्ने गरेर सुरक्षाको प्रत्याभूति दिनुपर्ने उनको भनाइ छ।

सर्वोच्च अदादतमा इजलासहरू पालमुनि चलाएको भन्दै योभन्दा विडम्बनापूर्ण स्थिति केही नहुने उनको धारणा थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad