प्रधानमन्त्रीलाई भेट्न भन्दै सिंहदरबार पुगेका जेन-जी आन्दोलनका घाइतेहरूलाई प्रहरीले सहजिकरण* गरेको छ।
जेनजी आन्दोलन हाइज्याक गरिएको भन्दै प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुग्ने क्रममा उनीहरुलाई ल्याउने र लैजान गाडी सुविधा प्रहरीले उपलब्ध गराएको काठमाडौँ परिसरले जनाएको छ।
सिंहदरबार प्रवेश गर्न सहजै नपाएको भन्दै गेट अगाडी आन्दोलनका घाइतेहरूले धर्ना दिएका थिए।
त्यसपछि गेटमा उनीहरुको नाम टिपेर प्रहरीले गाडीमा प्रधानमन्त्रीसँग भेट गराएको थियो। उहाँहरुलाई पक्राउ गरिएको भन्ने गलत सन्देश गएछ हामीले पक्राउ गरेको होइन ल्याउन र लैजान सहयोग गरेको मात्रै हो, परिसरका एक अधिकारीले भने।
उनीहरूले प्रधानमन्त्रीलाई भेटेर हामी नेपालका संयोजक सुदन गुरुङमाथि असन्तुष्टि व्यक्त गरेका थिए। घाइतेहरूले आन्दोलनका शहीद र घाइतेहरुको अपमान हुने किसिमका गतिविधिहरु सह्य नहुने चेतावनी पनि दिएका छन्। सुदन गुरुङलाई जेनजी पुस्ताको नेता मान्न नसकिने उनीहरुको अडान छ।
प्रधानमन्त्रीलाई भेटेर फर्किने क्रममा पनि प्रहरीले गाडी सुविधा उपलब्ध गराएको थियो।
(यसअघि अन्यथा हुन गएकोमा सच्याइएको छ।)
Shares

प्रतिक्रिया