कारोबार


अर्थका तीन सहसचिवको सरुवा

अर्थका तीन सहसचिवको सरुवा

महेश बराल, महेश आचार्य र सेवन्तक पोखरेल


नेपालखबर
असोज ५, २०८२ आइतबार १८:१९, काठमाडौँ

अर्थ मन्त्रालयले तीन सहसचिवको सरुवा गरेको छ।

मन्त्रीस्तरीय निर्णयबाट सहसचिवहरु महेश आचार्य, सेवन्तक पोखरेल र महेश बरालको सरुवा गरिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो। 
यसअनुसार सेवन्तक वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाबाट वित्तीय संघीयता समन्वयन महाशाखामा सरुवा भएका छन्। 

वित्तीय तालिम केन्द्रबाट महेश आचार्य वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वयन महाशाखामा पुगेका छन्।

त्यसैगरी अर्का सहसचिव महेश बराल भने वित्तीय संघीयता समन्वयन महाशाखाबाट वित्तीय तालिम केन्द्रमा सरुवा भएका छन्।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad