कारोबार


मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड

मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड

नेपालखबर
साउन ८, २०८३ शुक्रबार १३:२७, काठमाडौँ

टिकटकले नेपाली प्रयोगकर्तालाई मनसुनी वर्षाका कारण आउने बाढीका क्रममा प्रमाणित र अप-टु-डेट जानकारी सहज रूपमा प्राप्त गर्न  सहयोग गर्ने उद्देश्यले नयाँ सर्च गाइड सार्वजनिक गरेको छ।

प्राकृतिक विपद्का बेला आफ्नो प्लेटफर्ममा सही जानकारीको पहुँच बढाउने तथा गलत सूचना फैलिन नदिन टिकटकले गरिरहेको निरन्तर प्रयासअन्तर्गत यो पहल सुरु गरिएको हो।

अब टिकटकमा बाढीसम्बन्धी कन्टेन्ट खोज्ने प्रयोगकर्ताले विश्वसनीय स्रोतबाट जानकारी प्रमाणित गर्न प्रेरित गर्ने एउटा ब्यानर देख्नेछन्।

उक्त सर्च गाइड मार्फत प्रयोगकर्तालाई नेपाल सरकारको राष्ट्रिय विपद् सूचना पोर्टल विपद् (बीआईपीएडी), टिकटकको सेफ्टी सेन्टर रिसोर्सेस र पीडादायी घटनाबाट प्रभावित व्यक्तिहरूका लागि आवश्यक जानकारी र सहयोग उपलब्ध गराउने टिकटकको ट्र्याजिक ईभेन्ट सपोर्ट गाइडमा सिधै पुग्ने सुविधा दिइएको छ।

यस गाइडमा प्राकृतिक विपद् तथा व्यक्तिगत क्षतिजस्ता दुःखद घटनाहरू के हुन् भन्ने जानकारीका साथै मानसिक स्वास्थ्यसम्बन्धी सहयोग कसरी प्राप्त गर्ने र यस्ता घटनासँग सम्बन्धित कन्टेन्ट जिम्मेवारीपूर्वक कसरी शेयर गर्ने वा रिपोर्ट गर्ने भन्ने विषयमा पनि उपयोगी जानकारी समावेश गरिएको   छ।

टिकटकका दक्षिण एशियाका लागि पब्लिक पोलिसी एण्ड गभर्मेन्ट रिलेसन्स हेड फिरदौस मोत्ताकिनले भने, “संकटका बेला सही जानकारी पनि अरू सहायताहरू जत्तिकै महत्वपूर्ण हुन्छ। त्यसैले हामीले समुदायले जानकारी खोज्ने स्थानमै विश्वसनीय स्रोत उपलब्ध गराएका छौं, ताकि आवश्यक परेको बेला मानिसहरू सुरक्षित, संयमित र सही जानकारीसहित निर्धक्क रहन सकून्।”

यो पहल विश्वसनीय जानकारीलाई प्राथमिकता दिने र आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने टिकटकको दीर्घकालीन प्रतिबद्धताको हिस्सा हो। यस्ता सुविधा प्रयोगकर्ताको अनुभवमा प्रत्यक्ष रूपमा समावेश गरेर टिकटकले विश्वसनीय जानकारी र उपयोगी स्रोतहरूमा सहज पहुँच उपलब्ध गराउँदै आफ्नो समुदायलाई सहयोग गरिरहेको छ। साथै, मानिसहरूले सही जानकारी प्राप्त गर्न, आफ्नो मानसिक तथा व्यक्तिगत स्वास्थ्यलाई प्राथमिकता दिन र महत्वपूर्ण समयमा जिम्मेवारीपूर्वक सहभागिता जनाउन सकून् भन्ने उद्देश्यका साथ सुरक्षित र उत्तरदायी प्लेटफर्म निर्माण गर्ने प्रतिबद्धता पनि टिकटकले निरन्तर कायम राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad