समाज


तुइन खोलामा फेरि खस्यो पहिरो, ४५ घण्टापछि खुलेको नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध

तुइन खोलामा फेरि खस्यो पहिरो, ४५ घण्टापछि खुलेको नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
असोज ६, २०८२ सोमबार ४:४१, काठमाडौँ

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ। तुइन खोलामा गएराति पुनःपहिरो खस्दा सडक अवरुद्ध भएको हो। 

४५ घण्टा लगाएर पहिरो हटाएपछि आइतबार दिउँसो ४ बजे एकतर्फि सञ्चालनमा आएको सडक साँझ ८ बजे पुनस् पहिरो खसेपछि अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। 

चितवनका ट्राफिक प्रहरी प्रमुख गायत्री शर्माका अनुसार गएरात ८ बजेपछि निरन्तर पहिरो खसिरहेकाले पन्छाउन सकिएको छैन। 

रातको समयमा जोखिम हुने भएकाले गएराति ९ बजेबाट आज बिहान बिहान ५ बजेसम्म यो सडकमा आवागमन रोक्नका लागि प्रशासनले सूचना जारी गरेको थियो। तर, त्यसअघि नै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

गएको शुक्रबार साँझ इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खसेपछि सडक ४५ घण्टासम्म अवरुद्ध भएको थियो।

सोही स्थानमा पुनः पहिरो खसेको हो। यो सडकमा  दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत हुन्छन्। अब यो सडक भएर यात्रा गर्नेहरूलाई वैकल्पिक बाटोको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। 

दुई दिनदेखि सडकमा अलपत्र परेका केही यात्रु गन्तव्यमा गए पनि पहिरो खसेपछि अन्य त्यही रोकिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad