समाज


मुग्लिन–नारायणगढ सडक एकतर्फी खुल्यो, ढुंगा झर्ने क्रम जारी

मुग्लिन–नारायणगढ सडक एकतर्फी खुल्यो, ढुंगा झर्ने क्रम जारी

पहिरो खसेको स्थानमा नारायणगढ-मुग्लिन सडकको ताजा तस्बिर : सडक डिभिजन भरतपुर


नेपालखबर
असोज ७, २०८२ मंगलबार ११:४३, काठमाडौँ

तुइन खोलानजिक पटकपटक झरेको पहिरो पन्छाएर मुग्लिन-नारायणगढ सडक एकतर्फी खुलाइएको छ।

सडक डिभिजन भरतपुरका अनुसार आज (मंगलबार) बिहान १०:५० बजेदेखि मुग्लिन-नारायणगढ सडकमा एकतर्फी रूपमा गाडी चल्न थालेका हुन्। 

तर ढुंगा झर्ने क्रम जारी नै रहेकाले सडक दुईतर्फी नै सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी खुलाउन गाह्रो भइरहेको छ। 

सडक डिभिजन भरतपुरको सूचना भनिएको छ, ‘मुग्लिन-नारायणघाट सडक तुइन खोलानजिक झरेको पहिरो हटाइसकेपछि अहिले सडक एकतर्फी सञ्चालनमा आएकाे बेहाेरा जानकारी गरिन्छ। दुईतर्फी आवागमन खुलाउन प्रयासरत छाैँ, ढुंगा झर्ने क्रम जारी नै छ। कृपया लेन अनुशासनकाे पालना गर्नुहुन अनुरोध छ।’ 

यस्तै मुग्लिन-नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खाेलानजिकै पहिरो गएकाले सडक दुवैतर्फ अवरुद्ध बनेको जानकारी पनि सडक डिभिजनले दिएको छ। यसैले वैकल्पिक सडक हुँदै सुरक्षित यात्रा गर्न अनुरोध गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad