समाज


पृथ्वी राजमार्ग पहिरोले बन्द: स्थानीय प्रशासनले देखायो यात्रुलाई यी वैकल्पिक सडक

पृथ्वी राजमार्ग पहिरोले बन्द: स्थानीय प्रशासनले देखायो यात्रुलाई यी वैकल्पिक सडक

फाइल तस्बिर


नेपालखबर
असोज ७, २०८२ मंगलबार १२:५३, काठमाडौँ

पृथ्वी राजमार्ग अवरुद्ध रहेकाले वैकल्पिक सडक भएर यात्रा गर्न जिल्ला प्रशासन कार्यालय धादिङले अनुरोध गरेको छ। 

धादिङको बेनिघाट रोराङ गाउँपालिका- १० स्थित ज्वाङखोलामा गएराति ठूलो पहिरो खसेको थियो। सो पहिरोको कारण विगत १५ घण्टादेखि सडक दुईतर्फी नै अवरुद्ध छ।

जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रले मंगलबार बिहान साढे नौबजे सूचना जारी गर्दै आज दिउँसो तीन बजेयता पहिरो हटाएर सडक सुचारु गर्न नसकिने बताएका छन्। 

सूचनामा भनिएको छ, ‘पृथ्वी राजमार्ग भएर गोरखा, लमजुङ, पोखरा लगायतका ठाउँमा जाने साना तथा मझौला सवारी साधनहरुले मलेखु (फुर्केखोला) धादिङवेँसी आरुघाट मध्यपहाडी राजमार्ग, गोरखा बजार हुँदै आँबुखैरेनी, मध्यपहाडी राजमार्ग हुँदै डुम्रे तथा उपयुक्त वैकल्पिक बाटो प्रयोग गरि यात्रा गर्नुहुन र अन्य स्थानतर्फ जाने ठूला तथा साना सबै सवारी साधनहरुले सुरक्षा निकायसँगको समन्वय तथा निर्देशनमा लेन अनुशासन कायम गरि अन्य वैकल्पिक मार्गको प्रयोग गर्नुहुन अनुरोध छ।’

यसैबीच नेपाल प्रहरीले आज देशका ६ सडक पूर्णरुपमा अवरुद्ध रहेको जनाएको छ। त्यसैगरि ६ वटा सडकमा आज एकतर्फी गाडी गुडेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad