भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जेल तोडेर भागेका झन्डै आधा कैदीबन्दी बाहिरै छन्।
कारागार व्यवस्थापन विभागले बुधबार दिएको जानकारी अनुसार साढे १४ हजार ५ सय ४९ जना कैदी भागेका थिए।
काठमाडौँको सुनधारास्थित केन्द्रीय कारागार र नक्खु कारागारसहित २७ वटा कारागार तोडेर कैदीबन्दी फरार भएका थिए।
ती मध्ये ७ हजार ७ सय ३५ जना पुनः कारागार फर्काइकिएको विभागका प्रवक्ता चोमेन्द्र न्यौपानेले बताए। अब ६ हजार ८ सय १३ जना कैदीबन्दी बाहिरै छन्।
देशका विभिन्न स्थानबाट पक्राउ परिरहेका छन्। अहिले मुख्य सुरक्षा चुनौती नै फरार कैदीबन्दी देखिएकाले प्रहरीले पुनः पक्राउ गर्न प्राथमिकतामा राखेर काम गरिरहेको छ। जम्मा ३० हजार ६४१ जना कैदीबन्दी देशभरका कारागारमा छन्।
तर ती मध्ये १५ हजार ५२५ जना भने भागेका थिएनन्। कारागारबाट भाग्ने क्रममा प्रहरी र सेनाको गोलि लागेर १० जनाको मृत्यु भएको थियो।
Shares

प्रतिक्रिया