समाज


पोखरामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

पोखरामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

नेपालखबर
असोज ९, २०८२ बिहिबार १३:३४, काठमाडौँ

कास्कीको पोखरा महानगरपालिका-१ हरिचोकमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

ग.३ प ७३१७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही महानगरपालिका-२५ हेम्जा क्रान्तिटोल निवासी २५ वर्षीया मानदेव गुरूङ गम्भीर घाइते भएका थिए। उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पुर्‍याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना ग.१ ख ९९६१ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। ट्रक र मोटरसाइकल चालक दुवैलाई प्रहरी नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाइएको कास्की प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad