सडक डिभिजन कार्यालय भरतपुरले चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तुइनखोलाको पहिरो हटाउन सक्रिय हुने सबैप्रति आभार व्यक्त गरेको छ।
कार्यालयले सामाजिक सञ्जालमार्फत् जोखिम मोलेर पहिरो हटाउन सक्रिय हुने अपरेटर, सुपरभाइजर, प्राविधिक, चितवनका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसहित सबैप्रति आभार व्यक्त गरेको हो।
तुइनखोलाको पहिरो दुई दिन लगाएर हटाएपछि नारायणगढ मुग्लिन सडकमा गएरातिदेखि दुईतर्फी नै गाडी गुडिरहेका छन्।
राजधानी काठमाडौँ आवतजावत गर्ने मुख्य सडक पृथ्वी राजमार्गमा गाडी चल्न थालेपछि यात्रुलाई दसैँमा आवातजावत गर्न सहज भएको छ।




159
Shares

प्रतिक्रिया