ग्लोबल


पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुखलाई ह्वाइट हाउसमा ट्रम्पको स्वागत

पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुखलाई ह्वाइट हाउसमा ट्रम्पको स्वागत

नेपालखबर
असोज १०, २०८२ शुक्रबार ९:३५, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ र सेना प्रमुख फिल्ड मार्सल असिम मुनिरसँग भेटवार्ता गरेका छन्।

अमेरिकाका उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो पनि ओभल अफिसमा भएको बैठकमा सहभागी भएका छन्। 

यसअघि एसोसिएटेड प्रेस अफ पाकिस्तानले आफ्नो कार्यालयमा कार्यकारी आदेशमा हस्ताक्षर समारोहमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले चाँडै नै प्रधानमन्त्री सहबाज सरिफ र फिल्ड मार्सल असिम मुनिरसँग ओभल अफिसमा भेट्ने बताएको रिपोर्ट गरेको थियो।

एजेन्सीका अनुसार उनले भने, ‘वास्तवमा हामीसँग एक महान् नेता आउँदै हुनुहुन्छ। हामीसँग पाकिस्तानका प्रधानमन्त्री र फिल्ड मार्सल आउँदै हुनुहुन्छ। फिल्ड मार्सल एक अद्भुत मानिस हुनुहुन्छ र प्रधानमन्त्री पनि।’

न्युयोर्कमा हुने संयुक्त राष्ट्र संघको ८०औँ महासभाको बहसमा प्रधानमन्त्री सहबाज सरिफले पाकिस्तानको प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।

यसअघि पाकिस्तानी विदेश मन्त्रालयले प्रधानमन्त्री सहबाज सरिफले महासभामा इजरायल-गाजा द्वन्द्व समाधान गर्ने आवश्यकतामा जोड दिने बताएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad