गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका २ हजार ३ सय १६ जनाले स्वास्थ्य संस्थाहरूबाट उपचार सेवा लिएको सरकारले जनाएको छ।
सुरुवातको समय ८३ वटा अस्पतालमा जेनजी आन्दोलनका घाइते उपचाररत रहेकामा अहिले भने १० वटा स्वास्थ्य संस्थामा मात्र त्यस्ता घाइते रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
उनका अनुसार जेनजी आन्दोलनमा परी ७६ जनाले ज्यान गुमाएका छन्। ‘अस्पताल पुग्दापुग्दै वा उपचार हुँदाहुँदै मृत्यु भएकाको संख्या ४९ छ,’ न्युज एजेन्सीसँग उनले भनेका छन्।

प्रवक्ता बुढाथोकीका अनुसार हाल १० वटा अस्पतालमा जेनजी आन्दोलनका ३८ घाइते उपचाररत छन्।
हालसम्म २ हजार २ सय २९ जना घाइते अस्पतालबाट डिस्चार्ज भएर घर फर्किसकेको उनले बताए।
156
Shares

प्रतिक्रिया