समाज


दसैँ बिदामा मानव अधिकार आयोगमा एउटा मात्र उजुरी

दसैँ बिदामा मानव अधिकार आयोगमा एउटा मात्र उजुरी

नेपालखबर
असोज १७, २०८२ शुक्रबार १४:३६, काठमाडौँ

राष्ट्रिय मानवअधिकार आयोगले ललितपुरस्थित आफ्नो केन्द्रीय कार्यालयसहित देशका ११ वटै कार्यालयमा दसैँ बिदामा पनि उजुरी दर्ता र आकस्मिक घटनामा अनुगमनलाई निरन्तरता दिएको छ।

आजसम्म जनकपुर प्रादेशिक कार्यालयमा मानव अधिकार उल्लङ्घन भएको एउटा घटनाको उजुरी प्राप्त भएको र त्यसको तत्काल सोही कार्यालयबाट अनुगमन गरिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले राससलाई जानकारी दिए। 

सार्वजनिक बिदा तथा चाडपर्वका बेला सर्वसाधारणको आवतजावतमा कठिनाइ हुने, अपराधका घटनामा वृद्धि हुने, महँगी तथा कालोबजारी बढ्ने, सार्वजनिक सेवा प्रवाह र सहज आपूर्तिमा अवरोध सिर्जना हुननदिन सरकारको ध्यानाकर्षण गराएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad