आज आइतबार, १९ असोज २०८२ (५ अक्टोबर २०२५)। हेर्नुस् आजको राशिफल-
मेष: तपाईंलाई कसैले भित्रभित्रै मन पराउन सक्छन्। पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ। छोटो यात्रा हुनुका साथै मान सम्मान मिल्नेछ। मित्रबाट वैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्नेछ। प्रविधिमार्फत आफन्तसँग भेटघाट हुनेछ।
भाग्यशाली रङ गुलाबी र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
वृष: मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ। धर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ तथा शुभ समाचार सुन्न पाइएला। प्रेमका कोपिला फक्रिएर जानेछन्। प्रतिस्पर्धीले तपाईंको खुट्टा तान्ने प्रयास गर्न सक्छन्।
भाग्यशाली रङ निलो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।
मिथुन: अति प्रिय व्यक्तिको यादले सताउन सक्छ। पुँजी बजारले साथ दिनेछ। माया प्रेममा समीपता बढ्नेछ। घरपरिवार तथा आफन्तबीचको सम्बन्ध सुधार भएर जानेछ। दिनको उत्तरार्धमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ।
भाग्यशाली रङ खैरो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ५६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। आज भरिसक्के लामो यात्रा नगर्ने।
कर्कट: परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइनेछ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। घरपरिवारमा झैझमेलाको अवस्था आउन सक्छ। अनावश्यक ठाउँमा धन खर्च हुन सक्छ।
भाग्यशाली रङ रातो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
सिंह: बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। सामाजिक कार्यमा सफलता मिल्नेछ। शत्रुपक्ष सबल रहने भएकाले सजग रहनु उचित रहने देखिन्छ। प्रेम र दाम्पत्य जीवन सुखमय रहनेछ।
भाग्यशाली रङ आकासे र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। पहेँलो रङको प्रयोग नगर्ने।
कन्या: छोटो दूरीको लाभदायक यात्रा होला। वैदेशिक कार्य अघि बढ्नेछ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। आजको मन्त्र- सपना देख्ने आँखा कमजोर हुँदैनन्।
भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, वैदेशिक कार्यमा ४१ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।
तुला: नयाँ रोजगारीको प्रस्ताव आउनेछ। कसैले उपहार दिन सक्छन्। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। शुभकार्यको चर्चा चल्नेछ। कुनै कुराले मन प्रसन्न रहला। आजको मन्त्र- अलग हुनु विशेष हुनु हो।
भाग्यशाली रङ सेतो र अंक ६८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।
वृश्चिक: आफूलाई कमजोर भएको अनुभूति हुनेछ। घरायसी झमेलामा परिन सक्छ। हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा लिन सक्छन्। यात्रामा मालसामान हराउन सक्छ। साँझमा शुभ समाचार सुन्न पाइनेछ। धर्म तथा समाजसेवामा मन लाग्नेछ।
भाग्यशाली रङ हरियो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ७५, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।
धनु: सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। घरमा अतिथिको आगमन हुनेछ। रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। राजनीति तथा समाजसेवामा मन जानेछ। इस्टमित्रसँग मेलमिलाप हुनेछ। विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ।
भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।
मकर: धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। शुभारम्भको चर्चा चल्नेछ। विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। लाभदायक यात्रा हुन सक्छ। न्यायिक कार्यमा सफलता मिल्नेछ।
भाग्यशाली रङ खैरो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।
कुम्भ: आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। स्थान परिवर्तनका विशेष योग देखिन्छन्। टाढिएका मित्रसँग नजिकिने समय छ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। आफन्तको सहयोगले कामहरू अगाडि बढ्नेछन्।
भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
मीन: गरेका कार्यमा अवरोध र ढिलासुस्ती हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ। साँझमा आफन्तले सहयोग गर्नेछन्। प्रेमीको सहयोग प्राप्त हुनेछ।
भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।
Shares

प्रतिक्रिया