समाज


माईखोला गाउँ पस्दा झापामा ५ सय परिवार विस्थापित

माईखोला गाउँ पस्दा झापामा ५ सय परिवार विस्थापित

नेपालखबर
असोज १९, २०८२ आइतबार ९:३१, विराटनगर

अविरल वर्षाको कारण झापाको झापा गाउँपालिका र शिवसत्ताक्षी नगरपालिकाका विभिन्न वडामा माई खोलाको बाढी पसेको छ।  

बाढी गाउँ पस्दा दुई पालिकाका करिब ५ सय परिवार विस्थापित भएका प्रहरीले जनाएको छ।  

झापा गाउँपालिका वडा नम्बर २ सुगा बथानमा बाढी गाउँ पसेको हो। माई खोला गाउँ पस्दा ५६ घर विस्थापित भएका छन्। उनीहरूलाई उद्धार गरी नजिकैको विद्यालयमा स्थानान्तरण गरी गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

झापा गाउँपालिका वडा नम्बर १, ६ र ७ मा बाढी गाउँ पसेको छ । दर्जनौँ परिवार विस्थापित हुने अवस्थामा पुगेका छन्। झापाकै शिवसताक्षी नगरपालिका वडा नम्बर ४, ५, ६ र ७ मा समेत करिब ३५० घरमा बाढी पसेको छ। 

प्रहरी र स्थानीयको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पानी निरन्तर परिरहेको कारण पूर्वपश्चिम राजमार्ग अन्तरगत मेची नगर नगरपालिका वडा नम्बर ६ कालिखोलामा आएको बाढीका कारण सडक अवरुद्ध भएको छ। 

शिवसत्ताक्षी १० मा आएको बाढीले सुकुना खोलाको ह्युमपाइपमा क्षति पुर्‍याउँदा राजमार्गमा आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ।

त्यस्तै भद्रपुर नगरपालिका वडा नम्बर ६ मा २५ घर डुबानमा परेका छन्। घर डुबानमा परेपछि स्थानीयलाई आफन्तहरूले सुरक्षित स्थानमा लगेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad