समाज


ठूलो मानवीय क्षति भएको इलाममा ३२२ मिलिमिटर वर्षा

ठूलो मानवीय क्षति भएको इलाममा ३२२ मिलिमिटर वर्षा

नेपालखबर
असोज १९, २०८२ आइतबार १६:११, काठमाडौँ

पहिरोले अधिक मानवीय क्षति भएको इलाममा बितेका २४ घण्टामा ३२२ मिलिमिटर वर्षा भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलामका सबै केन्द्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। कन्याम र माई पोखरीमा २७६ मिलिमिटर वर्षा भएको छ। यो अति भारी वर्षा हो। 

बितेका २४ घण्टामा मोरङमा २३३, सुनसरीमा २०५, धनकुटामा १६६, धनुषामा १९२, सिन्धुलीमा २०५, सप्तरीमा १८०, रौतहटमा २०५, मकवानपुरमा २२४ मिलिमिटर वर्षा भएको छ। 

इलाममा पहिरोमा ३७ जनाको ज्यान गइसकेको छ। अझै ४ जना बेपत्ता छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad