समाज


माई खोलाको बाढीमा फसेका १६ जनाको हेलिकप्टरबाट उद्धार

माई खोलाको बाढीमा फसेका १६ जनाको हेलिकप्टरबाट उद्धार

नेपालखबर
असोज १९, २०८२ आइतबार १९:६, काठमाडौँ

अबिरल वर्षाका कारण झापाको माईखोलाको बाढीमा फसेका १६ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

झापा जिल्लाको झापा गाउँपालिका–१ मिलनबस्तीमा माई खोलाले हुलाकी राजमार्ग कटान गरी फसेका करिब ७०/८० जना व्यक्तिहरुको उद्धारका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टर आवश्यक उपकरणहरु र दक्ष जनशक्तिसहित गएको सेनाले जनाएको छ। 

हालसम्म १६ जनाको हवाई उद्धार र मोटरबोटबाट २० जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। साथै बाँकी व्यक्तिहरूलाई समेत सुरक्षित उद्धार गर्ने कार्य भई रहेको छ।

यस्तै, मोरङ जिल्लाको कटहरी गाउँपालिका–४ नयाँबजार इलाका स्थित लोहन्द्रा खोलामा आएको बाढीका कारण सुकुम्बासी टोल डुबानमा परेको हुँदा उद्धार कार्यको लागि खटिएको शिवदल गणको टोलीले ६ जना बालबालिकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। 

झापा जिल्लाको झापा गाउँपालिका–२ सडक बस्ती तथा वडा नं. ६, स्वर्णमति युवा टोलमा बाढीको कारण डुबानमा परेका महिला–१३ र पुरुष–११ गरी कुल २४ जना स्थानीयको अरिदमन गणबाट खटिएको टोलीले सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। 

इलाम जिल्लाको इलाम नगरपालिका–६ घोस इलाकामा पहिरोमा पुरिएका व्यक्तिहरुको खोज तथा उद्धार कार्यको लागि रणशार्दुल गणबाट खटिएका फौजले ५ जनाको शव फेला पारेको छ। साथै, जीवितै उद्धार गरिएका १ जनाको थप उपचारको लागि जिल्ला अस्पताल इलाम पठाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad