समाज


गृहको निर्देशन– विपद्जन्य अवस्था नभएका जिल्लामा सेवा नरोक्नू, सोमबार बिदा छैन

गृहको निर्देशन– विपद्जन्य अवस्था नभएका जिल्लामा सेवा नरोक्नू, सोमबार बिदा छैन

फाइल तस्बिर


नेपालखबर
असोज १९, २०८२ आइतबार १९:१७, काठमाडौँ

गृह मन्त्रालयले विपद्जन्य अवस्था नभएका जिल्लामा सोमबार सार्वजनिक बिदा नदिने निर्णय गरेको छ।

आज देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरी मन्त्रालयले विपद्जन्य अवस्था नभएका ठाउँमा सरकारी कार्यालयबाट प्रवाह हुने नियमित सेवा प्रवाहको काम नरोक्न निर्देशन दिएको हो। 

मन्त्रालयका सहसचिव जयनारायण आचार्यले भने, ‘जिल्लाको अवस्था के कस्तो छ भनेर प्रमुख जिल्ला अधिकारीहरूले निर्णय गर्छन्। विपद्जन्य अवस्था छैन भने कार्यालयहरूले सेवा दिनुपर्छ।’

काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा पनि विपद्जन्य अवस्था नरहेकाले अब सेवा निरन्तर गर्नुपर्ने उनले बताए।

शुक्रबारदेखि भीषण वर्षा भएपछि सरकारले सम्भावित विपद्लाई मध्यनजर गरी आइतबार र सोमबार दुई दिन बिदा घोषणा गरेको थियो। तर, आइतबारबाट मौसममा सुधार हुन थालेपछि सोमबारको सेवा नरोक्न मन्त्रालयले परिपत्र गरेको हो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad