अविरल वर्षापछि गएको पहिरो तथा नदी कटानका कारण देशभरका २४ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन्।
प्रहरीले आइतबार साँझ ९ बजे जारी गरेको बुलेटिन अनुसार विभिन्न जिल्लामा पर्ने यी राजमार्ग अविरल वर्षा र पहिरोका कारण अवरुद्ध भएका हुन्।
विभिन्न ५ ठाउँमा सवारी साधन होल्ड गरेर राखिएको छ।
काठमाडौंबाट बाहिरिने मुख्य नाका नागढुंगामा सवारी साधन होल्ड गरिएको छ। यस्तै, नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा पनि सवारी साधन होल्ड छन्।
अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–८ पकुचामा दुवैतर्फनै सवारी साधन होल्ड गरिएको छ।
यता, बीपी र अरनिको राजमार्ग अन्तर्गत दोलालघाटमा पनि दुवैतर्फ यातायात होल्ड गरिएको प्रहरीले जनाएको छ।
यी हुन् अवरुद्ध र सवारी होल्ड गरिएका राजमार्ग र स्थान



807
Shares

प्रतिक्रिया