समाज


राति पाँच प्रदेशमा वर्षा र तीन प्रदेशमा हिमपात पनि हुने सम्भावना

राति पाँच प्रदेशमा वर्षा र तीन प्रदेशमा हिमपात पनि हुने सम्भावना

नेपालखबर
असोज २१, २०८२ मंगलबार १९:३६, काठमाडौँ

हाल (मंगलबार बेलुका) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशलगायत बाँकी पहाड भूभागमा साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदली छ।

अनि सुदूरपश्चिम प्रदेशको पहाड भूभाग, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका पश्चिम भूभाग, बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज रातभर कोसी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाड भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ।

यस क्रममा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड भूभागका केही स्थान, कोसी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागलगायत बाँकी पहाड भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

साथै गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हिमपातको पनि सम्भावना छ।

मौसम महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिम भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिम भूभागका थोरै स्थानमा पश्चिमी वायुको प्रभाव छ भने देशका बाँकी भूभागमा मनसुनी वायुको कमजोर प्रभाव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad