समाज


अब टोखाका हरेक टोलमा नागरिक सुरक्षा समूह

अब टोखाका हरेक टोलमा नागरिक सुरक्षा समूह

फाइल तस्बिर


नेपालखबर
असोज २३, २०८२ बिहिबार ७:२७, काठमाडौँ

काठमाडौँको टोखा नगरपालिकाका हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गरिने भएको छ।

नगरप्रमुख प्रकाश अधिकारीको संयोजकत्वमा बुधबार बसेको नगरक्षेत्रको शान्तिसुरक्षासम्बन्धी बैठकले यस्तो निर्णय गरेको हो। 

आफ्नो टोल र टोलवासीको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षणका लागि प्रहरीसँगको समन्वय र सहकार्यका लागि हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गर्न वडा कार्यालयमार्फत टोलवासीलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको अधिकारीले बताए।

बैठकले टोखाभित्रका प्रत्येक घरधनीले आफ्नो घरमा बहालमा बस्ने व्यक्तिको परिचय खुल्ने कागजात संलग्न गर्ने र बहालमा बस्ने व्यक्तिले कुनै शङ्कास्पद गतिविधि गरिरहेको देखिएमा नजिकको सुरक्षा निकायलाई खबर गर्ने निर्णयसमेत गरेको छ।

यसैगरी स्थिति सामान्य नहुञ्जेल अत्यावश्यक अवस्थामा बाहेक राति ९ बजेपछि घरबाहिर ननिस्कन, व्यापार–व्यवसाय पनि रातिको ९ बजेपछि बन्द गर्नका लागि अनुरोध गर्ने निर्णय बैठकले गरेको छ।

टोखाभित्र साबिकदेखि स्थापना भएका प्रहरी कार्यालयलाई पूर्ववत् अवस्थामा सञ्चालन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने, नगरपालिकाभित्र हाल चालु नरहेका सडकबत्ती, सिसी क्यामेरालगायत सुरक्षासम्बन्धी उपकरणलाई मर्मतसम्भार गरी चाँडो सञ्चालनमा ल्याइने निर्णय पनि बैठकले गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad