समाज


ग्वार्कोमा मोटरसाइकल दुर्घटना हुँदा ३४ वर्षीय युवकको मृत्यु

ग्वार्कोमा मोटरसाइकल दुर्घटना हुँदा ३४ वर्षीय युवकको मृत्यु

फाइल तस्बिर


नेपालखबर
असोज २३, २०८२ बिहिबार १३:५४, काठमाडौँ

ललितपुरको ग्वार्कोमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। 

आज बिहान ललितपुर महानगरपालिका १७ ग्वार्कोमा लु.५६ प १००३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा लमजुङको भोटेवडार घर भएका ३४ वर्षीय नवराज अधिकारी छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad