समाज


१५ सहसचिव सरुवा, पर्यटन विभागका महानिर्देशक रेग्मी अख्तियारमा

१५ सहसचिव सरुवा, पर्यटन विभागका महानिर्देशक रेग्मी अख्तियारमा

नेपालखबर
असोज २४, २०८२ शुक्रबार १६:२९, काठमाडौँ

सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले यो निर्णय गरेको हो।

कालीप्रसाद पराजुली संघीय मामिलाबाट गृहमा पुगेका छन् भने बाबुराम गौतमलाई गृहबाट बाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालय पठाइएको छ।

पर्यटन विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन्।

जयनारायण आचार्य गृहबाट पर्यटनमा पुगेका छन्।

अणप्रसाद न्यौपाने चिकित्सा शिक्षा आयोगबाट शिक्षा मन्त्रालय र वसन्तप्रसाद कोइराला लुम्बिनीको मुख्यमन्त्री कार्यालयबाट चिकित्सा शिक्षा आयोगमा सरूवा भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad