महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-६ धवौलीस्थित परिक्रमा गाछीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक बालकको शव फेला परेको छ।
स्थानीय ११ वर्षीय सलमान साफी शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा हराएका थिए। उनी सोही स्थानका नसोधिन साफीका छोरा हुन्।
बालक बेपत्ता भएको खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जलेश्वर, नं. ९ गण महोत्तरी, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो।
खोजतलासपछि साँझ बालकको शव फेला परेपछि पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको प्रहरीले जनाएको छ।
18
Shares

प्रतिक्रिया