समाज


माधवनारायण नगरपालिकाका प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

माधवनारायण नगरपालिकाका प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
असोज २६, २०८२ आइतबार १४:४६, काठमाडौँ

रौतहटको माधवनारायण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखापालसहितविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 
तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादवसमेत ३ जना र कम्पनीविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।  

नगरपालिका वडा नम्बर ३ मा रहेको देवी माध्यामिक विद्यालयको भवन निर्माणको ठेक्का पत्रपत्रिकामा प्रकाशन गर्नुपर्नेमा नगरी कर्मचारी र रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रालिका सञ्‍चालक अजितकुमार कर्णसमेतले आपसी मिलोमतो तथा योजनामा गैरकानूनी लाभ तथा माधव नारायण नगरपालिकालाई हानि पुर्‍याएको दाबी अख्तियारको छ।  

उनीहरूले अभिलेखमा राख्ने गरी सिटी पोस्ट राष्ट्रिय दैनिक पत्रिका जस्तो देखिने सिमित प्रति मात्र प्रकाशित गरेर सूचना छापेको पनि पाइएको छ। अख्तियारले उनीहरूले २ लाख ५७ हजार ९७० रुपैयाँ भुक्तानी लिई भ्रष्टाचार गरेको उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad