आज (सोमबार) देशका धेरैजसो स्थानमा मौसम सफा रहने सम्भावना देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,
दिउँसो : सबै प्रदेशका पहाड भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मुख्यतया सफा रहने छ। कोसी प्रदेशको पहाड भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति : देशभर मौसम मुख्यतया सफा रहने छ।
आंशिक बदली भनेको आकाशमा पातलो रूपमा बादल लाग्नु हो भनै मौसम मुख्यतया सफा भनेको लगभग आकाश पूरै सफा रहनु हो।
मौसम महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
78
Shares

प्रतिक्रिया