समाज


मध्यराति बझाङमा भूकम्पको धक्का

मध्यराति बझाङमा भूकम्पको धक्का

फाइल तस्बिर


नेपालखबर
असोज २९, २०८२ बुधबार ५:४०, काठमाडौँ

बझाङमा गएराति भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १ बजेर ८ मिनेट जाँदा बझाङमा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको गएको हो। 

भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला क्षेत्रमा रहेको केन्द्रले जनाएको छ। मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको थियो। 

भूकम्पको धक्का बझाङ आसपासका अन्य जिल्लाहरुमा समेत महसुस गरिएको छ। स्थानीय प्रहरीले भूकम्पका कारण कुनै क्षति भएको विवरण प्राप्त नभएको जनाएको छ। 

यही असोज १० गते रामेछापको भटौली केन्द्रबिन्दु भएर चार म्याग्निच्यूडको भूकम्प गएको थियो। 
    
यसअघि असोज १ गतेपूर्वीरुकुम र बाग्लुङको सीमा क्षेत्र पातिहाल्ने भञ्ज्याङ केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो।

नेपाल भौगोलिक रुपमा भूकम्पीय जोखियुक्त क्षेत्रमा रहेको भूकम्पविद्हरुले बताउने गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad