गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा बेपत्ता हुम्लाको नाम्खा गाउँपालिका-३ खगालगाउँका थुक्तेन पाल्वर लामा अझै भेटिएका छैनन्।
एक महिनाभन्दा बढी समय भइसक्दा पनि उनी अझै सम्पर्कमा नआएको थुक्तेनको परिवारजनले बताएका छन्।
नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकाएर थुक्नेत एक वर्ष अगाडिदेखि तीनचुलीमा भतिजासँगै बस्ने गरेका थिए।
जेनजी आन्दोलनका लागि भदौ २४ गते कोठाबाट निस्केका उनी अहिलेसम्म नफर्केको टैछिरिङ लामाले बताए।
थुक्तेन उनका कान्छा छोरा हुन्।
थुक्तेन बेपत्ता भएको विषयमा जिल्ला प्रहरी कार्यालय हुम्ला र काठमाडौँ प्रहरीलाई जानकारी गराइएको बुबा टैछिरिङले बताए। रासस
270
Shares

प्रतिक्रिया