समाज


जेनजीका नाममा कर्मचारी धम्क्याउँदै हिँड्ने अर्जुन शाही पक्राउ

जेनजीका नाममा कर्मचारी धम्क्याउँदै हिँड्ने अर्जुन शाही पक्राउ

नेपालखबर
असोज २९, २०८२ बुधबार २०:३३, काठमाडौँ

जेनजीका नाममा विभिन्न कार्यालयमा कर्मचारी धम्क्याउँदै हिँडेका अर्जुन शाही पक्राउ परेका छन्। 

उनलाई कोटेश्वरबाट पक्राउ गरिएको काठमाडौँ परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीविरुद्ध प्रहरीका विभिन्न कार्यालयमा यसअघि पनि उजुरी परेको अभिलेखमा भेटिएको छ। 

यसअघिका उजुरीहरु पनि रहेको र पछिल्लो समय पनि विभिन्न गैरकानुनी गतिविधि गरेको पाइएपछि पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको एसपी भट्टराईले नेपालखबरलाई बताए।

शाहीसहितको टोलीले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर लफडा गरेका थिए। यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विभिन्न आरोप लगाउँदै शाहीको टोलीले राजीनामा माग गरेका थिए। 

यस्ता गतिविधिमा संलग्न शाही सुशीला कार्की प्रधानमन्त्री बन्दा शीतलनिवासमा जेनजीको अगुवा बनेर पुगेका थिए। सुशीलाले त्यतिबेला सुदन गुरुङसँगै शाहीसहितका जेनजीसँग एकसाथ हातमा हात मिलाएकी थिइन्। 

पीडितको लाखौँ रकम ठगेका आरोपित शाही भने सुशीलासँग शीतल निवास प्रवेश गरेपछि थप कार्यालयमा कर्मचारी धम्क्याउँदै हिँडिरहेका थिए। बुधबार मात्रै गृहमन्त्री ओमप्रकाश अर्यालले यस्ता गैरकानुनी गतिविधिमा संलग्न जो कोहीलाई कारबाही हुने बताएका थिए। 

यस्ता गतिविधि प्रहरीको निगरानीमा रहेको अर्यालले भनेका थिए। 

शाहीविरुद्ध यसअघि वैदेशिक रोजगारीमा जाने युवालाई ठगी गर्ने, चेक बाउन्स लगायतका मुद्दा परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad