मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशका केही स्थानमा हल्का वर्षाको सम्भावना देखिएको बताएको छ।
महाशाखाका अनुसार दिउँसो सबै प्रदेशका पहाड भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने छ।
यस क्रममा दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाड भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति भने देशभर मौसम मुख्यतया सफा रहने मौसम महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
255
Shares

प्रतिक्रिया