आज (शुक्रबार) देशभर कतै पनि वर्षा तथा हिमपातको सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाड भेगमा आंशिक बदली (आकाशमा पातलो बादल, आंशिक रूपमा घाम देखिने अवस्था) रही देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा (आकाश सफा, लगभग पूरै घाम देखिने अवस्था) रहने छ।
यस्तै आज राति देशभर मौसम मुख्यतया सफा रहने मौसम महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
126
Shares

प्रतिक्रिया