समाज


फलफूल बजारमा छैन चहलपहल

फलफूल बजारमा छैन चहलपहल

नेपालखबर
कात्तिक ५, २०८२ बुधबार १८:५५, काठमाडौँ

तिहारको चौथो दिन फलफूल किन्ने ग्राहकहरुको फूलफूल पसलमा भिडभाड हुनुपर्ने हो। तर यसपटक भने फलफूल पसल सुनसान देखिन्छन्।

जेनजी आन्दोलनका कारण व्यापरमा प्रभाव परेको व्यवसायीहरु बताउँछन्। काठमाडौँको बागबजारका फलफूल व्यापारी सुनीलकुमार पासवानले गतवर्षहरुमा जस्तो व्यापार यसवर्ष नभएको बताए। आन्दोलनका कारण काठमाडौँमा मान्छै नै नभएको उनको भनाई छ। पहिलेजस्तो चहलपहल नहुँदा व्यापारमा असर परेको उनको गुनासो छ।
 
उनले भने, ‘पहिले काठमाडौँमा धेरै मान्छेहरु थियो। व्यापार पनि राम्रो थियो। अहिले आन्दोलनको कारण हाम्रो स्थिति गम्भिर भएको कारण मान्छेहरुको चहलपहल छैन, पहिलेको जस्तो। पहिले त तिहारमा धेरै मान्छेहरुको चहलपहल हुने गथ्र्यो। तर आजभोली हाम्रो बाघबजारको स्थिति धेरै नराम्रो छ।’ 

सुनिलको जस्तै गुनासो अर्का व्यवसायी सोनु कुमारको पनि छ। उनले पनि जेनजी आन्दोलनका कारण तिहारमा व्यापार कम भएको गुनासो गरे। मान्छेसँग पैसा नभएका कारण पनि व्यापार सुस्ताएको उनको भनाई छ। उनले बजारभाउ पनि पहिले भन्दा केही बढेको बताए। 
उनले भने, ‘आन्दोलनले गर्दा अहिले विजनेश कम भएको छ। मान्छेसंग पैसा छैन।’ 


व्यापारीहरुले व्यापार नभएको गुनासो गरिरहँदा उपभोक्ताहरुको भने मंहगी बढेको गुनासो छ। फलफूल किन्न आएकी उर्मिला बस्नेतले अहिलेको धेरै महंगो बढेको बताइन्। पोहोरको भन्दा अहिलेको बजारमूल्य धेरै फरक रहेको उनको भनाई छ। 

उनले तिहारको लागी आवश्यक समानहरू पनि बजारमा नपाइएको गुनासो गरिन्। तिहारमा फूलहरुको धेरै महत्व हुने उल्लेख गर्नुहुँदै उनले सयपत्री फूल नै नपाएको बताइन। उनले मंहगी र अभाव दुबै रहेको उल्लेख गरिन्।

‘सामान्य दिनमा भन्दा अहिले चाडपर्वमा धेरै महंगो छ, सामान,’ उनको भनाइ छ, ‘अहिले फूलहरुको धेरै महत्व हुन्छ, सयपत्री फूलै पाईरहेको छैन। हामीहरू फूल नपाएर थोर थोरै किनिरहेका छौँ। त्यही नी धेरै मंहगो छ, सागसब्जी पनि धेरै महंगो छ। पोहोरको भन्दा अहिले धेरै अभाव छ, समानहरु।’ 

तिहारमा फलफूल, माला, भाइमसला, टोपी लगायत सामाग्रीहरुको किनबेचको लागी बजारमा मानिसहरुको भीडभीड हुने गरेको थियो। तर यसवर्ष भने बजार सुनसान देखिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad