काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (सोमबार) यस वर्षअन्तर्गत अहिलेसम्मकै कम भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ११.४ डिग्री सेल्सियस देखिएको हो।
यसअघि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियससम्म झरेकामा आज यसभन्दा पनि तल पुगेको हो।
'यस हिसाबले उपत्यकाका लागि यस वर्ष अहिलेसम्मकै कम न्यूनतम तापक्रम यही हो', महाशाखाका मौसमविद् बिनु महर्जनले नेपालखबरसँग भनिन्।
त्यसो त यो न्यूनतम तापक्रम काठमाडौँका लागि यस वर्ष अर्थात् २०८२ कात्तिक ९ गतेसम्म गरिएको मापनमा सबैभन्दा कम मात्र हो। आगामी दिनमा तापक्रम अझै घट्दै जानेछ।
78
Shares

प्रतिक्रिया