जेनजी आन्दोलनका क्रममा ललितपुरको नख्खु कारागारबाट भागेका एक कैदी पर्साको वीरगञ्जबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्सा लागु औषध मुद्दाका फरार ३९ वर्षीय लालबाबु साहलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महागरपालिका वडा नं.१० रानीघाटस्थित उनकै निवासबाट साहलाई पक्राउ गरेको हो।
उनीविरुद्ध ललितपुर जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी कसूर मुद्दामा २ वर्ष १ महिना कैद र रू.१ लाख ५ पाँच हजार रुपैयाँ तोकिएको थियो।
साह भदौ २४ गते जेनजी आन्दोलनका क्रममा नख्खु कारागार कार्यालय ललितपुरबाट फरार पश्चात आफ्नै गाउँघरमा लुकीछिपी बस्दै आएको भन्ने सूचना अनुसार कात्तिक ११ गते साढे ५ बजेको समयमा निजकै घरबाट पक्राउ गरेको हो
उनलाई सम्बन्धित कारागार कार्यालयमा पठाइने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
Shares

प्रतिक्रिया