समाज


चितवनको जंगलमा रोकिराखेको ट्रकमा २ वटा बस ठोकिँदा ३३ जना घाइते

चितवनको जंगलमा रोकिराखेको ट्रकमा २ वटा बस ठोकिँदा ३३ जना घाइते

नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार ७:१९, काठमाडौँ

चितवनमा रोकिराखेको ट्रकमा दुईवटा बस ठोकिँदा ३३ जना घाइते भएका छन्। 

रौतहटको गौरबाट काठमाडौँ आउँदै गरेको बा.प्र ०३–००१ ख ०१२३ नम्बरको बस र जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा. प्र०३-००१ख ३९०२ नम्बरको बस सडक किनारमा रोकिराखेको ना.६ ख ८१३ नम्बरको ट्रकमा ठोकिँदा दुर्घटना भएको सशस्त्र प्रहरीका सह(प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा इँटा लोड गरेर राखिएको ट्रकमा दुई बस ठोक्किएका हुन्। 

घाइतेलाई तत्काल उद्धार गरी उपचारको लागि चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पु¥याइएको छ। घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।  

बस दुर्घटना हुँदा केही समय सडक अवरुद्ध भएको थियो। अहिले दुर्घटनास्थलमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad