समाज


निजी अस्पतालका नर्सलाई सरकारी सरह तलब सुविधा दिने सहमति

निजी अस्पतालका नर्सलाई सरकारी सरह तलब सुविधा दिने सहमति

नेपालखबर
कात्तिक १५, २०८२ शनिबार २०:०, काठमाडौँ

निजी अस्पतालका नर्सलाई सरकारी सरह तलब सुविधा दिने सहमति भएको छ।

शनिबार स्वाथ्य मन्त्रालयमा आन्दोलनरत नर्स, सरकार र निजी मेडिकल कलेज तथा अस्पतालका प्रतिनिधिबीच सरकारी सेवा सरह तलब सुविधा दिने सहमति भएको हो। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार निजी मेडिकल कलेज र ठूला निजी अस्पतालले कात्तिक महिनादेखि नै पूर्ण रूपमा पाँचौं तह अर्थात ३४,७३० रुपैयाँ तलब दिने सहमति भएको छ। 

बुढाथोकीका अनुसार  अन्य निजी अस्पतालहरूले भने हाललाई ८० प्रतिशत तलब प्रदान गर्ने र एक महिनाभित्र अस्पतालहरुको वर्गीकरण गर्दै क्रमशः सरकारी सरह पुर्‍याउने सम्झौता भएको छ।

त्यसबारे कार्यदलको समय अझै एक महिना थप गर्दै अस्पतालहरुको वर्गीकरण लगायतका अन्य काम हुने छ। कार्यदलले प्रतिवेदन पेस गरेपछि बाँकी अस्पतालहरूले पनि सरकारी मापदण्डअनुसार पूर्ण तलब दिने डा. बुढाथोकीले बताए।


वार्तामा स्वास्थ्य मन्त्री डा. सुधा गौतम, सचिव डा. विकास देवकोटा, कार्यदल संयोजक डा. श्रीकृष्ण श्रेष्ठ, प्रवक्ता डा. बुढाथोकी, नर्सिङ संघका अध्यक्ष र महासचिव, तथा निजी मेडिकल कलेज र अस्पतालका प्रतिनिधिहरू उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad