समाज


भारतले भन्यो- दिल्ली विमानस्थलमा नेपाली नागरिक रोकिनुमा हाम्रो अध्यागमनको कुनै भूमिका छैन

भारतले भन्यो- दिल्ली विमानस्थलमा नेपाली नागरिक रोकिनुमा हाम्रो अध्यागमनको कुनै भूमिका छैन

नेपालखबर
कात्तिक १५, २०८२ शनिबार २२:१४, काठमाडौँ

भारतले दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली नागरिक रोकिनुमा आफ्नो देशको अध्यागनको कुनै कुनै भूमिका नरहेको स्पष्ट पारेको छ।

शनिबार भारतको गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै जर्मनी जान लागेकी शांभवी अधिकारीको भिसा म्याद सकिएका कारण विमान कम्पनीले यात्रा अस्वीकार गरेको र यसमा भारतीय अध्यागमनको कुनै भूमिका नभएको बताएको हो।

‘काठमाडौंबाट एयर इन्डियाको उडानमार्फत दिल्लीमा आइपुगेकी अधिकारी बर्लिन जान कतार एयरवेजको कनेक्टिङ उडानमा सवार हुन लाग्दा विमान कम्पनीले उनको भिसा म्यादको आधारमा यात्रा अस्वीकार गरेको हो,’ विज्ञप्तिमा थप भनिएको छ, ‘यो निर्णय पूर्ण रूपमा विमान कम्पनीको अधिकार क्षेत्रभित्रको विषय हो, भारतीय इमिग्रेशन अधिकारीहरूले यसमा कुनै भूमिका खेलेका छैनन्।’

भारतका अनुसार यो गन्तव्य देश अर्थात् जर्मनीका नियम र भिसासम्बन्धी आवश्यकता अनुसार गरिएको हो। विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय ट्रान्जिट यात्रुहरूले आफ्नो कनेक्टिङ उडानका लागि भारतीय इमिग्रेशनमा जानु पर्दैन, यो यात्रु र विमान कम्पनीबीचको विषय हो।’

काठमाडौँ फर्किएकी अधिकारीले त्यसपछि भिसा सम्बन्धी समस्या समाधान गरेर पुनः काठमाडौंबाट अर्को मार्ग हुँदै जर्मनी गइसकेको समेत भारतले प्रष्ट पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad