समाज


तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा ३३ वर्षीय युवकको मृत्यु

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा ३३ वर्षीय युवकको मृत्यु

फाइल तस्बिर


नेपालखबर
कात्तिक १६, २०८२ आइतबार ७:१०, काठमाडौँ

काठमाडौँको तिनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा ३३ वर्षीय युवकको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्। 

काठमाडौँ महानगरपालिका–३२ तिनकुनेस्थित सडकमा आइतबार साँझ मोटरसाइकल दुर्घटना भएको हो। 

नयाँ बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा.प्र‍‍.०२ ०५९ प ४८९१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक काभ्रेको पनौती घर भएका ३३ वर्षीय नवराज पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका पुरीको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा अर्का एकजना घाइते भएका छन्। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad