प्रहरी नायव महानिरीक्षक (डीआईजी) निरज बहादुर शाहीलाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता तोकिएको छ। प्रहरी प्रधान कार्यालयले शाहीलाई आइतबार प्रवक्ता तोकेको हो।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक शाहीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रधान कार्यालयले जनाएको छ।
प्रहरी प्रवक्ता शाहीलाई मोबाइल नम्बर ९८५१२९२१११ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने छ।

प्रतिक्रिया