समाज


भिरबाट खसेको टिपरमा आगो लाग्यो, चालकको मृत्यु, सहचालकको अवस्था गम्भीर

भिरबाट खसेको टिपरमा आगो लाग्यो, चालकको मृत्यु, सहचालकको अवस्था गम्भीर

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार १२:५५, काठमाडौँ

काभ्रेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक गम्भीर घाइते भएका छन्।

आज बिहान मण्डनदेउपुर नगरपालिका- ६ कोदारी सडकबाट बा. ५ ख ४०७२ नम्बरको टिपर अन्दाजी १५० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो।

दुर्घटनापछि टिपरमा आगो लागेको छ भने चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

मृत्यु हुनेमा काभ्रेको मण्डनदेउपुर नगरपालिका- ७  झगारपुर  निवासी २८ वर्षीय किसिम राई रहेका छन्। 

दुर्घटनामा परेको पिटरसँगै जलेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।  दुर्घटनामा टिपरका सहचालक मण्डनदेउपुर ७ कै २२ वर्षीय बिक्रम राई गम्भीर घाइते भएका छन्। 

शरीरका विभिन्न भाग जलेको अवस्थामा फेला परेका उनलाई धुलिखेल अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि कीर्तिपुर बर्न अस्पताल लगिएको छ। 

मृतक चालकको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमै राखिएको प्रहरीले जनाएकाे छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad